×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिमपातका कारण बैतडीको सतबाँझका नागरिकलाई आवतजावतमा समस्या, देशभर अरु के-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : हिमपातका कारण बैतडीको सतबाँझका नागरिकलाई आवतजावतमा समस्या, देशभर अरु के-के भयो ?

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बैतडीको सतबाँझ क्षेत्रमा हिउँ परेपछि नागरिकलाई आवतजावतमा गर्न समस्या भएकोदेखि देशभर भएका अन्य गतिविधिसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बैतडीको सतबाँझ क्षेत्रमा जमेको हिउँ । हिउँ परेपछि नागरिकलाई आवतजावतमा गर्न समस्या भएको छ ।
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा गरिएको गहुँ र तोरी खेती । यो वर्ष समयरसमयमा वर्षा भएकोले बाली राम्रो भएको छ । 
बागलुङको ताराखोला गाउँपालिका–२ मा अवस्थित अर्गल गाउँको सुन्दर दृश्य ।
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलको खेतबारीमा अझै बाँकी रहेको हिउँ । केही दिनअघि यो क्षेत्रमा भारी हिमपात भएको थियो ।

बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर । यहाँ शिवरात्रि र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्छ ।

दाङका गाउँमा तोरी खेतीसँगै व्यावसायीक रुपमा गरीएको मौरीपालन । यस वर्ष बर्षा भएकोले मह उत्पादनमा कमी आएको किसान बताउँछन् ।

प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादव मङ्गलबार कोशी नदीमा माछाका भुरा छाड्दै । नदीमा रहु र नैनी जातका ३० हजार माछाका भुरा छाडिएको छ ।

जीर्ण बनेको साँखु–मेलम्ची सडकको नाङ्लेभारे खण्ड । सडकमा पानी लगाउँदा, वर्षाद्का बेला हिलो र घाम लागेका बेला धुलोका कारण आवागमनमा समस्या हुने गरेको छ । पानी परेका बेला सडकमा सवारी फसेर यो मार्गबाट हिँड्ने सबैले दुःख पाउने गरेका छन् भने सडक जीर्ण बनेका कारण हिलो र धुलोले स्थानीयवासी पनि पीडित छन् ।

सङ्घीय र स्थानीय सरकारको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नं ३ अमर मावि खुदी र वडा नं ८ आम्बोटे जोड्ने झोलुङ्गेपुल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ । साढे एक मिटर चौडाई र १०५ मिटर लम्बाई रहेको उक्त पुल रु ५३ लाख ५३ हजार ६१० को लागतमा निर्माण भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी