काठमाडौं । नेपालआज डटकम र सगरमाथा खबरलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेको छ । काउन्सिलले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल आज डटकम र सगरमाथा खबर डटकमलाई कालोसूचीमा राखेको हो । जारी विज्ञप्ती अनुसार यो आर्थिक वर्षको फागुन १२ सम्म काउन्सिलमा विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी र आठवटा जनगुनासो दर्ता भएका छन् । त्यसमा हालसम्म ८१ उजुरी र चार जनगणना फछ्र्यौट भएका छन् ।
त्यस्तै, यो अवधिमा भएका १७१ स्वअनुगमन सामग्रीमध्ये १ सय ४९ वटा फछ्र्यौंट भएका छन् । काउन्सिलका अनुसार ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता÷सूचीकरण नभएका वेब पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ ।
यता प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राखेको विषयमा अनलाईनका सञ्चालक माधवप्रसाद गुरागाईले आपत्ति जनाएका छन् । काउन्सिलले नेपाल आज डटकमसहित दुई अनलाईनलाई कालोसूचिमा राखेको विज्ञप्ति जारी गरेपछि सञ्चालक गुरागाईले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै काउन्सिलको निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले काउन्सिलले आफुलाई चीनविरुद्ध प्रकाशन भएका समाचारहरु हटाउन पटक पटक आग्रह गरेको तर आफुले नमानेपछि कालोसूचीमा राखिएको दाबीसमेत गरेका छन्।
हेर्नुहोस् काउन्सिल र नेपाल आज दुवैका विज्ञप्ति:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्