चितवन । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ ।
चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो । भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
मंगलबारदेखी स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने सो अवसरमा जानकारी दिदै विवादरहित तरिकाबाट सहकार्य गर्न अध्यक्ष तिमिल्सीनाले मेयरहरुसगँ आग्रह पनि गरे।
आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ -३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने उनले बताए ।
एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताए । भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
स्थलगत क्रममा भरतपुर महानगरकी मेयर रेनु दाहालले चुनावी अभियानका क्रममा आफुहरुले बोलेको बाचा पुरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताईन् भने उता कालिका नगरका मेयर खुमनारायण श्रेष्ठले जनतालाई लालपूर्जा दिने अभियानमा आयोग सक्रियता तीव्र बनेकोमा खुसी व्यक्त गरे । यस्तै आयोगमा ३० बर्ष अगाडीदेखी सेतो पूर्जा प्राप्त गरेका माडी नगरका २ सय ९७ जनालाई लालपूर्जा दिने प्रक्रियासमेत तत्कालै सुरु हुने उनले बताए ।
यस्तै सोही अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०३६ मा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर-१४ नम्बर वडा तत्कालिन शिवनगर गाँउ पञ्चायतको हनुमाननगरको गौचरनमा दलित भूमिहीन र सुकुम्वासीलाई बसाएको ठाँउबाट लालपूर्जा वितरण कार्य सुरुवात गर्नेसमेत जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्