×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको वर पीपल रिसोर्टको विन्टर अफर सार्वजनिक, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखराको वर पीपल रिसोर्टको विन्टर अफर सार्वजनिक, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप पाईने

Artha Sarokar

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । कोभिड कहर बिचमै सुरु भइ नेपाली युवा पुस्ता र पारिवारिक भ्रमणको रोजाइमा पर्न सफल पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २० प्रतिसत छुटसहित विन्टर अफर घोषणा गरेको छ ।

अफरमा एर्पोट देखि रिसोर्ट सम्म पिक एन्ड ड्रपकोसमेत निशुल्क सुबिधा रहेको वर पिपल रिसोर्टका संचालक जितु गुरुङले बताए । कर्पोरेट ट्राभलर र बिजनेस ट्राभलरलाई थप छुट साथै एक्सप्रेस चेक इन र चेक आउट सुबिधा रहेको छ । लेकसाइडकै नजिक उँचो ठाउँमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । नेपालीपन झल्काउने गरि निर्माण गरिएको रिसोर्टमा खानामा पनि ‘सर्भिङ नेपाली टेष्ट’ नाराका साथ नेपाली स्वाद पस्किने गरेको गुरुङ बताउँछन् ।

रिसोर्टको इन्फिनिटी स्विमिङ पुल युवाहरुको खास आकर्षणको केन्द्र बनेको छ । स्पा, साउना समेत रहेको रिसोर्टमा क्याम्प फायर, पार्टीसमेत गर्न सकिन्छ भने प्रसस्त पार्किङको पनि सुविधा छ । पछिल्लो समय रिसोर्ट आउट डोर पार्टीको उत्कृष्ट गन्तव्य बनेको गुरुङ बताउँछन् । हनिमुन, बर्थ डे, एनिभर्सरी तथा चाडबाडलाई यादगार बनाउन रिसोर्टले छुट सहितका आकर्षक प्याकेज बनाउने गरेको छ ।

डिलक्स, सुपर डिलक्स र स्विट गरि ४० वटा कोठा रहेको रिसोर्टमा कन्फ्रेन्स हल र रेष्टुरेन्टको सुबिधा छ । रिसोर्ट शान्त बाताबरणमा भएकाले कलाकार, युवा पुस्ता, परिवारसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गुरुङ बताउँछन् । रिसोर्ट होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको अवलोकन भ्रमणको रोजाइसमेत बन्न सफल भएको छ । बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टको सबै कोठामा बाल्कोनी छ । करिब १० रोपनी जग्गामा रहेको रिसोर्ट लेकसाइडको स्ट्रिट नम्बर २८ मा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी