×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साना किसान लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा ? (विवरणसहित)

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य बढेको छ । कम्पनीले खुद नाफा २.७८% ले बढेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड ५० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी २.३०% ले बढेर ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६० करोड ४४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यता सञ्चालन नाफा पनि २.४२% ले बढेर ४६ करोड १५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४५ रुपैयाा ५२ पैसा रहेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: