कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।
बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो ।
निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधिन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसन बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ ।
“जनप्रतिनिधि र स्थानिय बासिन्दाबाट ड्रेन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको गुनासो आएपछि निरीक्षण गरेका छौं”, पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक नेगीले भन्नुभयो, “निर्माण कम्पनीलाई तत्काल मापदण्डले तोकिएका बमोजिमका निर्माण सामग्री हटाउन भनेका छौं, नहटाएर अटेरी गरी कार्य गरे प्रचलित कानुनअनुसार कारवाही हुन्छ ।” -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्