सोलुखुम्बु । सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कर्मचारीको निधन भएको गएको छ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन क्षेत्रमा निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरमा करिब एक महिनाको अवधि २ इन्जिनियर र एक अर्का कर्मचारीको निधन भएको हो ।
गत पुस ११ गते हाइड्रोपावरको पाइप पड्कँदा दुई इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो भने मोहम्मद रायन घाइते भएका थिए । यस्तै माघ १३ गते सोही स्थानको सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा अर्का एक जनाको ज्यान गएको थियो भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
सुरुङ भित्र बेपत्ता बनेका बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव नेपाली सेना, नेपाल प्रहरी र आयोजनाको कर्मचारीहरुले तीन दिनपछि शनिबार दिउँसो १६० मिटर गहिराइमा फेला पारेका थिए । घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्