काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९६ हजारमा ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ ।