तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ । विशेषगरी सुक्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनुका साथै स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि सेतीनदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्किट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जलाशययुक्त यस आयोजना बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिन्छ । आन्तरिक उत्पादनबाट हिउँदको विद्युत् अभाव हटाउन र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।
विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाको जलाशय ७।२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । उहाँले भन्नुभयो, “आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगसम्म करिब १८ किलोमिटरसम्म फैलनेछ ।”
सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहमा ७०÷७० मेगावाटका दुई वटा फ्रान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सबस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ । आयोजना जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र बन्दीपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दा प्रभावित हुनेछन् । निजी जग्गाधनीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्