Skip to content
LAXMI SUNRISE BANK

टाटा मोटर्सको नयाँ शोरुम बनेपामा सञ्चालन, आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त

अर्थ सरोकार

बनेपा । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छ जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

‘लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ’  नयाँ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भने, ‘बनेपामा टाटा मोटर्स सिप्रदी को यो पहिलो सोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकी सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौँ ।’ त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरे । ‘बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महशुस गरिरहेका छौँ,’ उनले भने, ‘आज बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घाटन गरिएको छ । उद्घघाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्स सँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौँ ।’

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्सचेन्ज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । उपभोक्ताले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ । बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौँ, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्याइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK