×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ करोडको राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले हाल्यो चारविरुद्ध विशेष अदालतमा मुद्दा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१२ करोडको राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले हाल्यो चारविरुद्ध विशेष अदालतमा मुद्दा

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का निर्मलकुमार ताम्राकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ । उनीहरूमाथि बिना बिलबिजक, गैर कर बिजकबाट माल वस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धिकर ऐन तथा आयकर ऐन विरुद्धको गतिविधि गरेको आरोप लागेको छ ।
विभागले उनीहरू विरुद्ध रु १२ करोड १९ लाख ४० हजार ६४३ बराबरको बिगो दाबी गरेको छ । विभागले यही २० माघमा मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी