काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.३० अंकले घटेरर २८३५.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । लिबर्टीको सेयरमा यस्तो गिरावट आउँदा नेपाल हाइड्रो डेपलोर्पस, बोटलर्स नेपाल, युनिभर्सल पावर कम्पनी, तेह्रथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, निफ्रा, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, नेपाल टेलिकम, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा नेपाल इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्