चितवन । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।
गतवर्षको तुलनामा यो वर्ष बैंकको ब्याज बढेको छ । बैंकको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ । उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैंकमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैंकरहरु बताउँछन् ।
ठूलो उद्योग र कृषि क्षेत्रमा बैंक केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैंकमा सबैभन्दा कम हो । सिभिल बैंकको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रशित पुगेको छ ।
गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एशिया बैंकको बेसरेट बढेको छ । गतवर्षको पुसमा यो बैंकको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैंकले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।
कृषि क्षेत्रमा ठूला बैंकले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैंकका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैंकको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋणसमेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।” बैंकले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उहाँको भनाइ छ ।
संघका पूर्वअध्यक्ष राजन गौतमले बैंक नाफामुखी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ बैंकले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धरासायी भइसकेका छन् ।” यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उहाँको छ । सङ्घीय राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैंक प्रमुख कारण रहेको उहाँको दाबी छ ।
बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैंकको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो । व्यवसाय रहे बैंक रहने र डुवे बैंकसमेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैंकले व्यवसायीलाई पेल्न नहुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “गाह्रो हुँदा पेल्ने परिपाटी भइरहेको छ । बैंक र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।”
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले बैंकहरुले ब्याज बढाउँदै लगेपछि व्यवसाय गर्न कठिन हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “थप लगानी गर्न बैंक तयार छैनन्, व्यवसायको खर्च बढेको छ, व्यवसाय कम छ । उद्योगको लागत मूल्य निकै बढ्यो ।” होटल, हस्पिटल, औषधि उद्योगलगायतका ठूला लगानीकर्ताको रुपमा परिचित जोशीले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै बैंकहरुले बढाउँदै गएको ब्याज दरका कारण व्यवसाय विस्तार गर्न कठिन हुने अवस्था आएको बताउनुभयो । रोयल फर्मासिटिकल्स प्रालिका प्रबन्ध निर्देशक केशव लामिछानेले उद्योगको लागत मूल्य निकै बढेको भन्दै कोभिड–१९ का कारण थला परेको उद्योग क्षेत्रमा बैंकको बढ्दो ब्याजले झन् समस्या बनाएको बताउनुभयो ।
निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका लामिछानेले स्वीकृत भएका ऋण बैंकले नदिएको, सम्झौताभन्दा बढी ब्याज लिएको, विभिन्न बहानामा दुःख दिएको गुनासो व्यवसायीबाट आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको विषम परिस्थितिमा राष्ट्र बैंकले हस्तक्षेप गरेर उद्योग व्यवसाय बचाउनुपर्छ ।”
उद्योगी राजु पौडेलले बैंकको ब्याज बढ्दा उत्पादनको लागत मूल्य बढेको र उपभोक्तासमेत मार परेको बताउनुभयो । वैधानिक बाटोबाट पूँजी बैंकमा आउन नसक्दा तरलता अभाव भएको उहाँको भनाइ छ । सरकारले ब्याज नियन्त्रणमा काम गरेको भए पनि पर्याप्त हुननसकेको उहाँले बताउनुभयो । उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले आन्तरिक उत्पादन कम र आयात बढी हुँदा अर्थतन्त्र कमजोर बनेको बताउनुभयो । बैंकमा ऋण लिने अधिकांश उद्योगी व्यवसायी आफू मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।- रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्