×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकको ऋण नतिरी भागेका व्यवसायी अग्रवालविरुद्द गण्डकी प्रदेशका शिक्षामन्त्री श्रेष्ठले हाले उजुरी, भएको के थियो ?

काठमाडौं । विभिन्न बैंकहरुको ऋण नतिरी भागेका ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवालविरुद्द उजुरी परेको छ । उनिविरुद्द गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले महानगरीय प्रहरी वृत दरवारमार्गमा उजुरी दिएका हुन् ।
श्रेष्ठले अग्रवालले आफ्नो पैसा नतिरहेको भन्दै उजुरी दिएका हुन् । गणेशम् इन्टरप्राइजेजका सञ्चालकसमेत रहेका मन्त्री श्रेष्ठले आफ्नो ब्राण्डको सामान बिल अनुसार फिर्ता गरिपाउँ भन्दै उजुरी गरेको र व्यवसायी अग्रवालले १० लाखभन्दा बढी मूल्यको सामानको मूल्य तिर्न बाँकि रहेको उल्लेख गरेका छन् ।
बैंककाे ऋण, मिटरव्याजीको फन्दामा परेर ऋण तिर्न नसेको अग्रवाल परिवार गत पुस २२ गते नेपाल छोडेर भारत गएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । अग्रवालको ग्रिनलाइन सेन्टरलाई नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले करिब ८० करोड रुपैयाँ ऋण दिइएको बुझिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: