×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो नयाँ अफर, रु. ८०० मा भायाटिभी को मज्जा र ७५ एमबीपीएस इन्टरनेट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भायानेटले ल्यायो नयाँ अफर, रु. ८०० मा भायाटिभी को मज्जा र ७५ एमबीपीएस इन्टरनेट

१२ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ ।

यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् । यसबाहेक भायाटिभी को सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन्। मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभी को सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् ।

प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरू बाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न् । उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: