×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेएमके वुमन इन बिजनेस छात्रवृत्तिबाट रुबी शाह सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जेएमके वुमन इन बिजनेस छात्रवृत्तिबाट रुबी शाह सम्मानित

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं २५, क्षेत्र २ बाट मनोनयन गररे र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो । जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छिन् । उनी शैक्षिक वर्ष २०२१-२०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हुन् । उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामाहरूमा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।

महिलाहरुलाइ आर्थिक रुपले सशक्त गर्ने दृढ उद्धेश्य र प्रतिवद्धताका साथ रुबीले धेरै फेलोशिप र प्रशिक्षण सेमिनारहरूमा भाग लिएकी छन् । उनले सन् २०१९मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रूपमा नेपालको प्रतिनिधित्व गरिन् जहाँ उनले ’नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरुको भूमिका’ भन्ने विषयमा प्रेजेन्टेसन दिएकी थिइन् । त्यहाँ उनले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरूको भूमिकाको विषयमा वकालत गरेकि थिइन  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी