×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

PRIME CA

प्रोग्रेशिभ फाइनान्सको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।
उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गरे । तथा आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले आर्थिक वर्ष २०७७/७८को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफलपश्चात पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । वित्तीय संस्थाले हाल सोह्र वटा शाखा कार्यालय तथा पाँच वटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।
साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने त्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: