काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उहाँको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्