×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अपि पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

२७ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई ३९.३६% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
हकप्रद सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ । अपि पावरले यसअघि गत जेठ २० गतेदेखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता (२९%) हकप्रद सेयर बिक्री खुला गरेको थियो भने  गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: