बीरगञ्ज। व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखी बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् । बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती र बितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका थिए । त्यसक्रममा हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका थिए ।
बुधबार दिउँसो अर्थ मन्त्रालयमा बीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरु मन्त्री शर्मालाई भेट गर्न आएका थिए । सोही बेला उद्योगी व्यवसायीले मंगलबारदेखी उद्योगमा बिजुली कटौती भएको गुनासो राख्नुभएको थियो । त्यसपछि अर्थमन्त्री शर्माले तत्कालै बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती सहज गर्न निर्देशन दिएका हुन् । सो भेटमा बीरगञ्जका उद्योगी व्यवसायीले आफुले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेट निर्माणमा सघाउ पुग्ने महत्वपूर्ण सुझावहरु दिएका थिए ।
बीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले मंगलबारदेखी उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको, बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने बातारणा मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सिमाअनुसार बैंकले कर्जा बितरण गर्नुपर्ने, सामाजिक सरक्षा कोषलाई शंशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने, स्वास्थ्य–शिक्षासहित गाँँस, बास, कपासका उद्योगलाई आयकरमा छुट व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएका थिए । महासचिव दासले यस्तो गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई फोन गरी समस्याबारे जानकारी लिई सफ्टवेयर प्रणालीमा छिटो सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री शर्माले व्यवसायीलाई सम्बोधन गर्दै बजेटको पूर्वसन्ध्यामा दिइएको सुझावलाई कार्यान्वयन गर्ने बताए ।
उनले चालू आबमा ल्याइएको प्रतिस्थापन विद्येयकले नै निजी क्षेत्रलाई सहजीकरण गर्ने सरकारको घोषित नीति भएको स्मरण गराउँदै सबै उद्योगीको समस्या समाधान गर्न तयार रहेको बताए । उनले आयातमा सुधार गर्न सिमा क्षेत्रका नेपाली बजारमा ठूला घर, राम्रा पसल र सुविधाजनक कारोबार गरी भारतीय उपभोक्तालाई समेत आकर्षण गर्ने बाताबरण सृजना गर्न पनि आग्रह गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्