×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभुती हुने गरी बजेट ल्याउँछौं’ : अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभुती हुने गरी बजेट ल्याउँछौं’ : अर्थमन्त्री

Artha Sarokar

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे । चालू आबको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालू आबको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो । उनले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागेका थिए ।

उनले बाह्क कारण अर्थतन्त्रमा असर परेको तर अर्थबिद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताए । २५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी गरे । उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिए । साथै, ६.७ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न धान्ने बिदेशी मुद्रा संचित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । उनले देश भित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताए ।

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा। विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी