×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री शर्मा भन्छन् – ‘अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थमन्त्री शर्मा भन्छन् – ‘अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको हो’

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभागमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री शर्माले अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा रहेको भन्दै आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिएका हुन् । यस्तै भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको उनले बताएका छन् ।
भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने बताउंदै उनले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिएका छन् । यता भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुत ३ खर्ब ८ अर्ब राजस्व संकलन भएको बताए । जुन यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी