काठमाडौ । नेपाल अडिटर्स एशोसिएशन अडानको पाचौं राष्ट्रिय महाधिवेसन पछिको सातौं पूर्ण बैठक अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छ । देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यलगायत सल्लाहकार एवं विभिन्न समितिका संयोजक एवम् सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकमा महासचिव झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारीत गर्दै छैठौं राष्ट्रिय महाधिवेशनको मिति समेत तय गरेको छ ।
बैठकले २०७९ बैशाख १५ गते सम्मजिल्ला अधिवेशन, २०७९ जेष्ठ १० गते सम्म प्रदेश अधिवेशन सम्पन्न गरी २०७९ जेष्ठ २० र २१ गते काठमाडौंमा छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको छ । सो बैठकले लेखापरीक्षकहरुमाथि भएगरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मुल्य बृद्धि कम गर्न तीन वटै सरकारबाट जनसरोकारका बिषयमा ध्यानाकर्षण गर्दै तपशिल उल्लेख भएका १७ बुँदे बिशेष प्रस्तावहरु पारीत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्