काभ्रे । अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । “वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराएको हो ।
कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित आपेक्षा राखेको छ । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने जनकारी दिएको छ । हालै मात्र मुक्तिनाथ क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता गरेको संस्थाले नेपालभर ६० वटा शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी बचत संकलन तथा कर्जा प्रवाह गरेको छ ।
आ.ब.०७७-०७८ को आषाढ मसान्त सम्ममा रु.१ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा रु.१ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्