×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दिपुर गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बन्दिपुर गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । बन्दिपुर गाउँपालिकाले आज स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो । गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो ।
व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “किसानलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “किसानलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।”
मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग पु¥याउने, व्यावसायिकरुपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण वितरण गरिएको हो ।
खानेपानी आयोजना निर्माण
बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण भएको छ । खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा निर्मित आयोजना यही चैत १८ गते शभारम्भ गरिने आयोजनाका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । उक्त आयोजनाबाट वितरित खानेपानीबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी