बारा । एक हजार दरका नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । निजगढ नगरपालिका–८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँसहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।