काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज आइतबारदेखि लिलामीमा आएको छ । आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता संस्थापक सेयर वैशाख १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी आइतबारदेखि लिलामीमा आएको हो ।
यसअघि दुवै कम्पनीको उल्लेखित सेयर बिक्रीका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने गरी फागुन ५ गतेदेखि चैत ९ गतेसम्मको मिति तय गरिएको थियो । उक्त समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुलेसमेत खरिद गर्न पाउने गरी पुनः बिक्री खुला गरिएको हो ।
जसमा छिमेकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० र आरएमडिसीको सेयरमूल्य प्रतिकित्ता ५४० तोकिएको छ । इच्छुकहरुले न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । दुवै कम्पनीको सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्