काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने बताए ।
एघार वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बताए । उनले बैकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई शेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।उक्त समारोहमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
उनले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्नु भएका सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्