×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर बाँटफाँड, पुन: ५९ हजार ८३४ कित्ता लिलामीमा आउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर बाँटफाँड, पुन: ५९ हजार ८३४ कित्ता लिलामीमा आउने

२२ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर बाँटफाँड भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
जसमा रितपूर्वक आवेदन दिएका २८ हजार ३११ जना सेयरधनीलाई कुल ८ लाख ३३ हजार १९१ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको ५९ हजार ८३४ कित्ता हकप्रद सेयर बिक्री हुन सकेको छैन ।
बिक्री नएभको उक्त हकप्रद सेयर अब लिलामीमा आउने छ । हक भन्दा बढी सेयर माग गर्ने सेयरधनीहरुलाई बाँडफाँडमा नपरेको सेयर वापतको रकम सोमबारदेखि फिर्ता दिइने तयारी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: