Skip to content
LAXMI SUNRISE BANK

दुई करोड ५२ लाख लागतमा चिल्ली खोलामा मोटरेवल पुल बन्यो, बाह्रैमास यातायात सेवा सञ्चालन गर्न सकिने

अर्थ सरोकार

लमजुङ । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई  जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताउनुभयो । पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ ।  पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK