×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अभावमा राष्ट्रिय सहकारी सङ्ग्रहालयको निर्माण अलपत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बजेट अभावमा राष्ट्रिय सहकारी सङ्ग्रहालयको निर्माण अलपत्र

Artha Sarokar

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताउनुभयो ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर स्थापना गर्न लागिएको सङ्ग्रहालयको काम अधुरै छ । रु पाँच करोडमा सङ्ग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा सङ्ग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको उहाँको गुनासो थियो । सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताउनुभयो ।
सङ्ग्रहालय निर्माणका लागि थप रु पाँच करोड लाग्ने बताइएको छ । उक्त सङ्ग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको छ । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइएको उहाँको भनाइ थियो । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइने सहकारीको योजना थियो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी