काठमाडौँ । काठमाडौंको चुच्चेपाटीमा एक समूहले सुनचाँदी पसलमा लुटपाट गरेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्लेलाई आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको हो ।
भोस्ले पसल बन्द गरेर नगद तथा सुन बोकेर घरतर्फ जाँदै गर्दा फागुन २५ गते साँझ लुटिएका हुन् । पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो । भोस्लेका अनुसार पसलबाट पिछा गरेर लुटेराको समूहले चुच्चेपाटीस्थित एनआइसी एसिया बैंक पछाडीबाट उनलाई लुटेका हुन् । यता दाङबाट पक्राउ गरिएका ठकुरीको साथबाट प्रहरीले २ सय ६१ ग्राम सुन बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्