×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुस र युक्रेन युद्धको प्रभाव : आकाशियो कुखुराको दानाको मूल्य, भाउ अझै महँगिने सरोकारवालाको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रुस र युक्रेन युद्धको प्रभाव : आकाशियो कुखुराको दानाको मूल्य, भाउ अझै महँगिने सरोकारवालाको दाबी !

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थ महँगिएसँगै दाना उत्पादकहरुले फागुन २९ गते आइतबारबाट कुखुरालाई खुवाउने दानाको मूल्य पनि बढाएको हो । दाना उत्पादनका लागि चाहिने कच्‍चा पदार्थका लागि नेपाल आयातमानै भर पर्दै आएको छ । यस कारण पनि अन्तरराष्‍ट्रिय बजारमा कच्चा पदार्थको मोल महँगिदै गएपछि दाना उत्पादनको लागत पनि बढेको पेलेट दाना उत्पादकहरुको भनाइ छ ।
दानाको मूल्य किलोमा कम्तिमा ४ रुपैयाँदेखि ५ रुपैयाँसम्म बढिसकेको किसानहरु बताउँछन् । रसिया–युक्रेनबीच भइरहेको युद्धको कारण आपूर्तिमा असर पर्न गएको छ । सोही कारण दानाको कच्चा पदार्थको उपलब्धता र मूल्यमा पनि चाप पर्न गएकोले अझै महँगिने सम्भावना देखिएको छ । उद्योगहरुले बढाउन थालेको मूल्यअनुसार दानाको मूल्य अब बोरामै दुई सय रुपैयाँले बढेर ५० केजी बोराको मूल्य अब ४ हजार १ सय रुपैयाँसम्म पर्ने उत्पादकहरुको भनाइ छ । यसअघि समान तौलको दाना बोराको ३८ सयदेखि ३९ सय रुपैयाँमा पाइँदै आएको थियो।
पछिल्लो एक वर्षमा दानाको मूल्य बोरामा १ हजार रुपैयाँले बढेको छ । केही महिनाअघिसम्म दाना बोराको ३१ सय रुपैयाँ थियो । मूल्यवृद्धिका कारण बजारमा माग तथा खपतमा कमि आउँदा पनि उत्पादन रोक्न नसकिने भएकाले आयात र उत्पादन जारी राख्नुपर्ने बाध्यताले उद्योगीहरु नोक्सानीमा रहेको दाना उद्योग संघले बताएको छ । नेपालमा हालसम्म १ सय १८ वटा दाना उद्योग रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी