काठमाडौँ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत मागसमेत गरेको छ ।
निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेमप्रकाश भट्टले निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सोही अनुसार निर्माण कार्यको लागत बढाउन माग गर्नुभयो । अहिले छड, सिमेन्ट लगायतको निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । “डेढदशक अघि पनि यसरी मूल्यवृद्धि हुँदा सरकारले निर्देशिका बनाएर मूल्यवृद्धि समायोजन गरेको थियो”, अध्यक्ष भट्टले भन्नुभयो, “यो पटक पनि मूल्यवृद्धिका बारेमा सरकारको ध्यान जाओस भनेर ज्ञापन दिएका हौं ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्