काठमाडौं । आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथाबस्तु समेटिने खालको सिरिज बने भएको हो ।
डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको संझौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फ बाट प्रवन्ध निर्देशक श्री सुदीप आचार्य र लेखक-निर्देशक किरण बिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हामी अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहन्थ्यौ त्यसैबेला किरण जी केहि फरक कथा छन् भन्दै आउनु भयो । पटक पटकको छलफल र पहिलो एपिसोड हेरे पछी हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछी डिशहोम दृश्यालय सिनेमा संग सहकार्य गर्न तयार भएको हो’’ प्रवन्ध निर्देशक सुदीप आचार्यले भने । यो सिरिज देशका विभिन्न ठाउँमा छायाँकंन हुने बताइएको छ ।
लेखक-निर्देशक किरण बिकका अनुसार “समाजमा नभनिएका , लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरु हामी दर्शकहरुलाई देखाउनेछौँ , नेपाली टिभीका दर्शकहरुलाई यो श्रृंखलाले केहि भिन्न स्वाद दिने विश्वास लिएको छु ।’’ यस सिरिजमा युबिना भट्टराइ, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतम को हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्