×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाईबरनेटले पुर्यायो एक लाख प्रयोगकर्ता, अझै बढी ग्राहकहरु माझ पुग्ने लक्ष्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिशहोम फाईबरनेटले पुर्यायो एक लाख प्रयोगकर्ता, अझै बढी ग्राहकहरु माझ पुग्ने लक्ष्य

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको हो ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे ।

आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: