काठमाडौं । इसेवा सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी अब इसेवा बाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्स संगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको रेमिट कम्पनीले उक्त सुविधा ल्याएको हो ।
यो सुविधा मार्च १ देखि मे ३१, सम्म ३ महिना समय अबधिसम्म चालु रहनेछ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १०,००० बढी भुक्तानी केन्द्र तथा ५,००० बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउनु हुने व्यक्तिको हातसम्म पुग्नेछ । हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु. २५,००० सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोवारलाई प्रोत्साहन गर्न यस “शून्य शुल्कमा रेमिट्यान्स“ सेवाले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा Redmi 9i स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्