×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले ल्यायो नारी दिवसको अवसरमा लकर सुविधामा आर्कषक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकले ल्यायो नारी दिवसको अवसरमा लकर सुविधामा आर्कषक छुट

Artha Sarokar

२२ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवसलाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खाल्ने महिला ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो । यस विकास बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ ।

यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्नुहुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्नछन् । गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी