×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनी नेपालको अर्धबार्षिक मार्केटिङ कन्फेरेन्स सीइओ श्रेष्ठको अध्यक्षतामा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनरल इन्स्योरेन्स कम्पनी नेपालको अर्धबार्षिक मार्केटिङ कन्फेरेन्स सीइओ श्रेष्ठको अध्यक्षतामा सम्पन्न

Artha Sarokar

२३ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । जनरल इन्स्योरेन्स कम्पनी नेपालको अर्धबार्षिक मार्कटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठको अध्यक्षतामा र संचालक द्वोय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा फाल्गुन १९,२० र २१ गते सम्पन्न भएको हो । । पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रा लि. मा देशै भरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु पस्थितिमा सभ्य र भब्य रुपमा अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स सम्पन्न भएको थियो ।

कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरुबीच छलफल भएको थियो । सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए । पोखरा शाखा प्रमुख शिब प्रसाद देवकोटाले स्वागत गरेका थिए । उक्त कार्यक्रम मा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान सहित ताम्र पत्र प्रदान गरेको थियो । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समिक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिए । बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्त चित्त भई कम्पनीको योजना र उद्धेश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरे ।

र अन्तमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारी हरुलाई बधाई दिदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए र कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि अनुरोध गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी