राँझा । घरबास (होमस्टे) प्रवद्र्धनलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न व्यवसायीहरुले आग्रह गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा होमस्टेले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यका तर्फबाट कुनै सुविधा नपाइएको उनीहरुको गुनासो थियो । सामुदायिक होमस्टेले राज्यबाट केही सहयोग पाए पनि निजी होमस्टेले कुनै पनि सहयोग नपाएको होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीले बताउनुभयो ।
“देशको अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी होमस्टे नै राज्यको सेवाबाट वञ्चित हुनु दुर्भाग्य मान्नु पर्छ,” उहाँले भन्नुभयो, “नेपालका होमस्टेले बाह्य तथा आन्तरिक पर्यटनलाई गाउँ–गाउँसम्म पु¥याएर देशको अर्थतन्त्र माथि उकास्न मद्दत गरेका छन् तर राज्यले बेवास्ता गर्दै आएको छ ।”
पर्यटकलाई गाउँ–गाउँमा पु¥याउने काम होमस्टेबाहेक अरूले गर्न नसक्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “होमस्टेमा आन्तरिक पर्यटक त जान्छन् नै बाह्य पर्यटकको पनि गन्तव्य बनेको छ, दुर्गममा रहेका पर्यटकीयस्थल र रैथाने खानाको स्वदेश तथा विदेशमा प्रचारप्रसार गरी विदेशी मुद्रासमेत आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा दुई मत छैन ।”
होमस्टे महासङ्घका उपाध्यक्ष बाबुराजा महर्जनले होमस्टेले रोजगारी सिर्जना गरी विदेश पलायन हुने क्रमलाई रोकेको बताउनुभयो । उहाँले विदेश जाने युवा आफ्नै ठाउँमा होमस्टे सञ्चालन गरी स्वरोजगार बनेको जिकिर गर्दै घरमा सीमित रहने महिलालाई होमस्टेले रोजगार दिएर आत्मनिर्भर बनाएको छ भन्नुभयो ।
होमस्टे महासङ्घका पूर्वअध्यक्ष भीम केसीले पाहुनालाई घरमा बसेको जस्तो अनुभूति होमस्टेले दिँदै आएको बताउनुभयो । उहाँले होमस्टेहरु समयानुसार परिवर्तन हुँदै गएको र बाँकेको गाभरभ्याली होमस्टेले बिस्तारै रिसोर्टको अवधारणामा अगाडि बढाएको छ भन्नुभयो । गाभर भ्याली होमस्टेमा आयोजना गरिएको होमस्टे महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्वसहित नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
महासङ्घले समृद्धिको आधार होमस्टे हो भन्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न आह्वान गर्दै सम्मेलनले ‘होमस्टेमा मन, यसैमा छ जीवन अभियान’ सञ्चालन गर्ने भएको छ । होमस्टेमार्फत प्राकृतिक, मौलिक रैथाने कला, संस्कृति, ज्ञान सीप प्रविधिको संरक्षण तथा प्रवद्र्धन गर्न होमस्टे महासङ्घले आह्वान पनि गरेको छ ।राष्ट्रिय सम्मेलनले प्रेमशङ्कर मर्दनिया थारूको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्