काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट गर्र्न सक्नेछन्।
बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामासमेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्