काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड बीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको ‘कोअप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा ‘कोअप कार्ड’ जारी गर्न लागिएको हो।
ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले कोअप कार्ड जारी गर्नेछन्। यसका लागि एससीटीले चाइना युनियन पे (यूपीआई)सँग सहकार्य गर्दै आएको छ। सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्रान्डको कोअप कार्ड जारी गर्न लागेको हो। यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटीएम-पीओएसमार्फत सहजै चलाउन सकिनेछ।
यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोअप कार्ड जारी गर्न सक्नेछन्। यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ। यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोबारका लागि बैंकसम्म गइरहनुपर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्