काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख ५ हजार पाँच सयमा कारोबार भईरहेको छापावाला सुन आज तिन हजार ५ सयले घटेर प्रतितोला एक लाख २ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ४५ रुपैयाँले घटेर १ हजार ४ सय ०५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८७ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।