काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला एक लाख २ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८७ हजार ९ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।