Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार एक लाख २ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज १८ सयले घटेर प्रतितोला एक लाख ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK