Skip to content
LAXMI SUNRISE BANK

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य  घटेको छ । शुक्रबार ९९ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK