×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो छुट्टै डिजिटल वालेट सञ्चालनमा ल्याउने तयारीमा हाम्रो पात्रो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आफ्नो छुट्टै डिजिटल वालेट सञ्चालनमा ल्याउने तयारीमा हाम्रो पात्रो

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अब आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।सुपर एप बन्ने लक्ष्यमा रहेको हाम्रोपात्रोले त्यसलाई प्रभावकारी बनाउन भुक्तानी सेवाको क्षेत्रमा हात हालेको जनाएको हो । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकका लागि नयाँ लाइसेन्स जारी गर्न बन्द गरिसकेको अवस्थामा हाम्रो पात्रोले यसअघि नै अस्तित्वमा रहेको लेनदेन सेवा खरिद गरेको बताएइको छ ।
हाम्रो पात्रो इंकले आफ्नो ७५ प्रतिशत सेयर स्वामित्व रहने गरी उक्त भुक्तानी सेवा प्रदायकमा लगानी गरेको हो । जारी अनुमतिपत्र बिक्री गर्न नपाउने राष्ट्र बैंकको नियमका कारण अधिकांश सेयर लगानीको रुपमा हाम्रो पात्रोले डिजिटल वालेट आफ्नो बनाएको हो ।
लेनदेन सेवामा हाम्रो पात्रोको लगानीलाई राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको बताइएको छ । टेकुमा केन्द्रिय कार्यालय रहेको लेनदेन सेवाले २० माघ २०७७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाको अनुमतिपत्र पाएको थियो ।यसअघि एक करोड रहेको कम्पनीको चुक्ता पूँजी हाम्रो पात्रोको प्रवेशसँगै बढ्नेछ । वालेट खरिद गरेसँगै त्यसलाई अब नयाँ स्वरूपमा रिब्रान्डिङ गर्ने योजनामा हाम्रोपात्रो रहेको बुझिएको छ ।
सम्भवतः अब लेनदेन सेवाको नाम समेत परिवर्तन गरी ‘हाम्रो पे’ बन्नेछ । त्यसो त यस अघि नै कम्पनीका बोर्ड अफ डिरेक्टरका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पात्रो अब सुपर एप बन्ने र त्यसमा डिजिटल वालेट समेत समावेश गर्ने उल्लेख गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी