×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.३७ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित आइएमई जनरल इन्स्योरेन्सले वैशाख ९ गते बोलायो वार्षिक साधारणसभा

PRIME CA

७.३७ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित आइएमई जनरल इन्स्योरेन्सले वैशाख ९ गते बोलायो वार्षिक साधारणसभा

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने विशेष एजेण्डासहित वैशाख ९ गते साधारणसभा बोलाएको हो । सभा लैनचोर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ नगद गरी ७.३७ प्रतिशत प्रस्तावित लाभांश पािरत गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि रहेको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहको पनि कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तर्सथ चैत २४ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: