×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘समितिले दिएको समयमा पूँजी पुर्याउन नसक्ने जीवन तथा निर्जीवन बीमा कम्पनीलाई मर्जरमा लगिन्छ’ : अध्यक्ष सिलवाल

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चुक्ता पूँजी वृद्धिको विषय सबैको हितमा रहेको बताएका छन् । बिहिबार ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा छलफल कार्यक्रममा अध्यक्ष सिलवालले लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको र सो विषय सबैको हितमासमेत रहेको बताएका हुन् ।
उनले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको स्पष्ट परेका छन् । अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिँदै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पु¥याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।
यता समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको बताए । उक्त कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाललगायतको सहभागी रहेको थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: