×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ लाख बढीले भरे बलेफी हाइड्रोपावरको आइपीओ

PRIME CA

४ लाख बढीले भरे बलेफी हाइड्रोपावरको आइपीओ

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावरले आइपीओमा आज पहिलो दिन ४ लाख ३३ हजार ४७१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख ३३ हजार ४७१ जनाले ५२ लाख २२ हजार ४८० कित्ताका लागि ५२ करोड २२ लाख ४८ हजार बराबरको आवेदन दिएका हुन् । जुन मागभन्दा ३.१३ गुणा बढी आवेदन परेको हो ।
बलेफी हाइड्रोपावरले आज बुधबारदेखि सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याएको हो ।
५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: